arin enterprises

वार्नर चम्कदा अष्ट्रेलिया चौथौ स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक ४, शनिबार

आइसिसि विश्वकपमा अष्ट्रेलियाले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा पाँच पटक विश्व विजेता टोली अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको हो ।

बैंगलोरमा भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रन बनाउँदै अलआउट भयो । अष्ट्रेलियाको लागि डेविड वार्नरले शानदार प्रदर्शन गरे ।

अष्ट्रेलियाका ओपनर द्वय वार्नर र मिचेल मार्सले सतकिय पारी खेल्दै विशाल लक्ष्य दिन योगदान दिए ।

वार्नरले  १ सय २४ बलमा ९ छक्का र १४ चौका प्रहार गर्दै १ सय ६३ रन जोडे । यस्तै मार्सले १ सय ८ बलमा ९ छक्का र १० चौकाको प्रहार गर्दै १ सय २१ रन जोडे ।

मार्कस स्टोनिसले २१ रन जोड्डा जोश इंग्लिसले १३ जोडे । अन्य खेलाडिले भने दोहरो अंक छुन सकेन ।

पाकिस्तानको लागि शाहिन अफ्रिदीले ५ विकेट लिए । हरिस रउफले ३ विकेट लिँदा उस्मा मिरले १ विकेट चट्काए ।

टस जितेर पछिल्लो ब्याटिंग गरेको पाकिस्तानको लागि इमाम उल हकले सर्वाधिक ७० रन बनाए ।

अब्दुल्ला शफिकले ६४ रनको योगदान दिँदा मुहम्मद रिजवानले ४६ र साउद शकीलले ३० रन जोडे । कप्तान बाबर आजमले १८, शाहिन अफ्रिदीले १० र हसन अली ८ रनमा आउट भयो ।

अष्ट्रेलियाको लागि एडम जम्पाले ४, कप्तान प्याट क्युमिन्सले र मार्कस स्टोनिसले २ तथा मिचेल स्टार्क र जोश हेजलउडले समान एक एक विकेट लिए ।

यो पाकिस्तानको लगातर दास्रो हार हो भने अष्ट्रेलियाको लगातार दोस्रो जित हो । पाकिस्तान यसअघि भारतसँग पराजित भएको थियो ।

योसँगै अष्ट्रेलियाले ४ अंक जोडेर तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

यस्तै पाक्स्तिान समान ४ अंक सहित पाँचौँ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स