विदेशीसँग बालविवाह गराउने पक्राउ
SamacharDesk | २०८१ कार्तिक ८, बिहिबार
१६ वर्षीय किशोरीलाई विदेशीसँग जबरजस्ती विवाह गरिदिने बाबुसहित ८ जना पक्राउ परेको छ ।
सुनसरी प्रहरीले धनकुटाको छथरजोरपाटी–२ की १६ बर्षकी किशोरीलाई चिनियाँ नागरिकसंँग जर्बजस्ती बालविवाह गराउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
किशोरीलाइ घरबाट ललाइफकाइ चतरा स्थित औलिया बाबाको मन्दिरमा बालविवाह भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरि उनीहरूलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
यस कार्यमा संलग्न तीन चिनियाँ नागरिक र ६ नेपालीलाइ पक्राउ गरी घटनाको अनुसन्धान अगाडी बढाइएको उहाँले बताउनुभयो ।
अभियुक्तहरुले धनकुटा छथर जोरपाटी–२ बस्ने लोक बहादुर परियारको १६ बर्षकी छोरीलाइ चिनको हुबेल बस्ने ३३ बर्षका लि टेङसँग बालविबाह गराउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
Categorized in अपराध