arin enterprises

प्रसुति गृहले शिशु प्रदर्शन गर्ने

SamacharDesk – l | २०८० आषाढ २५, सोमबार

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ५९औं शिशु प्रदर्शनी गर्ने भएको छ ।

अस्पतालले सोमबार एक सूचना प्रकाशित गरी सो प्रदर्शनीका लागि इच्छुक अभिभावकहरुलाई भाग लिन आह्वान गरेको हो ।

यसका लागि प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनमा सहभागी गराउन सक्ने बताएको छ । जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ ।

प्रदर्शनी अस्पतालमा भदौ १ गते बिहान ९ बजेदेखि हुने अस्पताले जनाएकोे छ। प्रदर्शनीमा सहभागि गराउ चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ।

दरखास्त बिहान ९ देखि २ बजेसम्म अस्पतालको नगद काउन्टरमा गर्नुपर्ने हुन्छ। दरखास्तका लागि एक सय रुपैयाँ लाग्ने छ ।

प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ।

Categorized in समाज