arin enterprises

बैतडी हत्यामा संलग्न चारै जना पक्राउ

SamacharDesk | २०८१ आषाढ ५, मंगलबार

बैतडीमा हत्याको आरोपमा चार जना पक्राउ परेका छन् ।

बैतडि पाटन नगरपालिका(६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ४ जनालाई असार ३ गते प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने घ६ वर्षीया भागरथी बिष्ट र ३८ वर्षिय भरतमोहन विस्ट, सोही नगरपालिका-१ लदौरी बस्ने १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराई रहेका छन् ।

भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

असार १ गतेदेखि बेपत्ता रहेका विरभानको शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी भागरथीले आफूले नै विरभानको चिरपटले हानेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । विरभानले रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीले बयान दिएको प्रहरीले जनाएको छ । 

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि शव व्यवस्थापनमा सहयोग गरेको भन्दै राजेन्द्र र किशोरलाई पक्राउ गरिएको छ भने अर्का एक जना फरार रहेको जनाईएको छ ।

Categorized in अपराध