arin enterprises

बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प

SamacharDesk | २०८० जेठ २९, सोमबार

बाजुरामा आज विहान भूकम्प गएको छ । आज विहान ७ बजेटर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्र विन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । 

यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । बाजुरमा आज गएको भूकम्पबाट भने कुनै क्षति नभएको जनाएको छ ।  

Categorized in राष्ट्रिय