arin enterprises

पशुपतिमा बालाचतुर्दशीको रौनक शुरु

SamacharDesk | २०८१ मङ्सिर १४, शुक्रबार

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदै छ ।

आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आज रातभर दीप प्रज्वलन गरी भोलि शत बीज छर्नेछ ।

यस अवसरमा पुशपतिनाथ लगायत देशभरका शिवालयहरुमा आज रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् भोलि बिहान शत बीज छर्ने चलन रहेको छ ।

मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीहरु मंसिर कृष्ण चर्तुदशीको बिहान पितृका नाममा शतबिज छर्ने गर्दछन् ।

यसो गर्दा दिवंगतहरूको आत्माले मुक्ति पाउछ भन्ने मान्यता रहेको छ । शत बीजमा मुख्यतया धान, गहुँ, मास, मुँगी, कागुनलगायतका ७ अन्नको प्रयोग गरिन्छ । शतबीज छर्नका लागि शिवालय नजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ ।

काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, सुनसरीको चतरा, वराहक्षेत्र, चितवन नवलपारसीको देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने हरुको विशेष भिड लाग्दछ ।

Categorized in संस्कृति