सुरक्षित रहन बंगलादेशस्थित नेपाली राजदूतावासको अनुरोध
SamacharDesk | २०८१ श्रावण २, बुधबार

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ ।
बंगलादेशमा कोटा विरोध प्रदर्शनमा झडपहरु भइरहेकोले दूतावासले दूतावासले बुधबार सूचना जारी गर्दै बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको हो ।
साथै कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासले जारी गरेको नम्बरमा सम्पर्क गर्न पनि राजदूतावासले अनुरोध गरेको छ ।
राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । बंगलादेश सरकारले पनि अर्को सूचना जारी नभएसम्मका लागि बङ्गलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।
आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बङ्गलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।
Categorized in राष्ट्रिय