arin enterprises

बंगलादेशले जित्यो साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि

SamacharDesk | २०८१ भाद्र १३, बिहिबार

साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

हिजो भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा ४–१ गोल जित निकाल्दै बंगलादेशले उपाधि चुमेको हो ।

नेपालले आफ्नो घरेलु मैदानमा अवसर पाए पनि उपाधि जित्न भने सकेन । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलको पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थप्यो ।

बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे । यस्तै खेलको ५४औं मिनेटमा गोयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरे ।

नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काए । बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो ।

यसअघि तीन पटकसम्म फाइनलमा पुगेको बङ्गलादेश उपाधिविहीन थियो । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेको थियो ।

Categorized in स्पाेर्ट्स