arin enterprises

बंगलादेशी पर्यटकहरु नेपाल भ्रमणमा

SamacharDesk | २०८० भाद्र २, शनिबार

बंगलादेशी पर्यटकहरु शुक्रबार एकै पटक दुई सय भन्दा बढी नेपाल घुम्न आएका छन् ।

उनीहरु दुई वटा विमान चार्टड गरेर नेपाल आइपुगेका हुन् । बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चेबाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बङ्गलादेशबाट पर्यटकहरु शुक्रबार र शनिबार गरेर करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ ।

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो।

Categorized in राष्ट्रिय