arin enterprises

रोयल च्यालेन्जर्स बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १३, सोमबार

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

आइतबार भएको खेलमा चेन्नाई सुपर किंगससँग ६९ रनले पराजित भएपछि बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो ।

चेन्नाईका लागि ओपनर फाप डु प्लेसिसले ५० रन र रुतुराज गायकवाडले ३३ रन जोडे ।

रविन्द्र जडेजाले अन्तिम ओभरमा ३७ रन जोड्डै उत्कृष्त प्रदर्शन गरे  । उनले २८ बलमा ४ चौका र ५ छक्का सहित नटआउट ६२ रन बनाए ।

लक्ष्य पछ्याएको बैंग्लोरले ९ विकेटको क्षतिमा १२२ रन मात्र जोड्न सफल भयो ।

बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले २२ रन र देवदत पाडिकलले ३४ रन जोडे भने अरु ब्याट्सम्यान सस्तैमा समेतिए ।

बलिङमा चेन्नईका लागि जडेजाले ३ विकेट लिए । त्यस्तै इम्रान ताहिरले २ विकेट लिँदा शार्दुल ठाकुर र साम कुरनले १–१ विकेट लिए ।

बैंग्लोरको लागि हर्षल पटेलले ३ र युजवेंद्र चहलले १ विकेट हात पारे ।

 

यो जितसँगै ५ खेलबाट ८ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा उक्लियो । ८ अंक जोडेको बेंग्लोर दोस्रो स्थानमा झरेको छ ।

Categorized in स्पाेर्ट्स