arin enterprises

बंगलादेशमा अनिश्चितकालीन कफ्र्यू यथावत

SamacharDesk | २०८१ श्रावण २१, सोमबार

बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्केपछी अनिश्चितकालील कफ्र्यू जारी राखेको छ ।

विद्यार्थी र प्रहरीको झडपमा परी अहिलेसम्म ९० भन्दा बढीको ज्यान गइसकेको छ । बंगलादेश सरकारले देशभर इन्टरनेट र सामाजिक सञ्जालमा समेत रोक लगाईदा सञ्चारसेवा समेत अवरुद्ध हुँदा बिद्यार्थी संगठनबीचको समन्वयमा असर परेको छ ।

पहिलो चरणमा आरक्षणको विरोध मात्र गर्दै आएका आन्दोलनकारीहरुले दोस्रो चरणको आन्दोलनमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शनहरु जारी राखेको छ ।

सरकारले दोस्रो चरणको आन्दोलनको सुरुवातमै विद्यार्थीहरुमाथि दमनको नीति लिंदा थप हिंसा बढेको छ । प्रहरीले आन्दोलनकारीहरुलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको र सत्तारुढ दलका कार्यकर्ताले भीडमाझ ग्रिनेड हानेको जनाइएको छ ।

कफ्र्यु आदेश जारी गर्दै सरकारले सडकमा जो कोही आन्दोलनकारीलाई देख्नेवित्तिकै गोली हान्ने आदेश पनि दिएको छ ।

आरक्षण कोटाको बिरुद्धमा दोश्रो चरणका आन्दोलनमा होमिएका बिद्यार्थीमाथि प्रहरी दमन हुँदा ९० बढीको मृत्यु भएको छ ।

पहिलो चरणको आन्दोलन नै हिंसात्मक बनेको यो आन्दोलनका क्रममा अहिलेसम्म मारिनेको संख्या दुई सय नाघेको छ ।

विद्यार्थी आन्दोलनकारीहरुले सर्वाधारणलाई कर नतिर्न र कुनै पनि सरकारी सुविधा उपभोग वापतको विल पनि भुक्तानी नगर्न आह्वान गरेपछी कफ्र्यु आदेश जारी गरिएको हो ।

Categorized in अन्तर्राष्ट्रिय