सोसिडाडमाथि बार्साको संघर्षमय जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १९, आइतबार

स्पेनिस लिगमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षमय जित दर्ता गराएको छ ।
शनिबार राति बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै संघर्षमय जित निकालेको हो ।
सोसिडाडको घरेलुमैदानमा भएको खेलमा रोनाल्ड अराउजोले इन्जुरी समयमा हेडमार्फत निर्णायक गोल गरेका थिए ।
सुरुआतमा उनको प्रहारलाई अफसाइड बताईएको थियो । तर भारमार्फत निर्णयमा अराउजो अन साईड देखिएपछि बार्सा विजयी भयो ।
यो जितले बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको रियल २८ अंक सहित दोस्रो स्थानमा छ भने ३१ अंक सहित गिरोना शीर्षस्थानमा छ ।
Categorized in स्पाेर्ट्स