हुएस्कामाथि बार्साको फराकिलो जित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ चैत्र ३, मंगलबार

स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले हुएस्कामाथि फराकिलो जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्साले पाहुना टोली हुएस्काले ४–१ गोलले हराएको हो ।
खेलमा बार्सालाई जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई गोल गरे भने एन्टोनी ग्रिजम्यान र ओस्कार मिनगुएजाले एक÷एक गोल गरे । हुएस्काका लागि राफा मिरले एक गोलको सान्त्वना दिए ।
खेलको १३ औं मिनेटमा कप्तान मेस्सीले बार्सालाई अग्रता दिलाए । ३५ औं मिनेटमा ग्रिजम्यानले बार्साको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै राफा मिरले हुएस्कालाई खेलमा फर्काउने कोशिश गरे ।
५३ औं मिनेटमा ओस्कार मिनगुएजाले बार्साको लागि अको गोल थपे भने खेलको अन्तिम समयतिर ९० औं मिनेटमा फेरी कप्तान मेस्सीले गोल गर्दै बार्सालाई ४–१ गोलको फराकिलो जित दिलाए ।
यो जितसँगै दोश्रो स्थानमा रहेको बार्साको २७ खेलबाट ५९ अङ्क भएको छ । शिर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले समान २७ खेल खेलेबाट बार्साभन्दा ४ अङ्क बढि ६३ अङ्क जोडेको छ । तेश्रो स्थानको रियाल मड्रिड समान २७ खेलबाट बार्साभन्दा २ अङ्कमात्रले पछाडी छ ।
Categorized in स्पाेर्ट्स