बिल्बाओलाई हराउँदै बार्सिलोना तेश्रो स्थानमा
SamacharDesk – स्पाेर्ट्रस ब्यूराे | २०७७ पौष २३, बिहिबार

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेल जित्दै बार्सिलोना तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।
गएरातिको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै मैदान सान मेम्स स्टेडियममा ३–२ ले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन स्टार फुटबलर मेस्सीको दुई गोल महत्वपूर्ण रह्यो ।
खेलमा अग्रता भने एथ्लेटिक बिल्बाओले लिएको थियो ।
तेश्रो मिनेटमै गोल गर्दै इनाकी विलियम्सले बिल्बाओलाई अगाडी बढाए । १४ औं मिनेटमा पेड्रिले बार्सिलोनालाई पहिलो गोल दिँदै खेललाई बराबरीमा ल्याए ।
मेस्सीले ३८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए भने ६२ औं मिनेटमा अर्को गोल पनि थप्दै खेललाई ३–१ मा पुयाए ।
९०औं मिनेटमा बिल्बाओका इकर मुनियानले एक गोल थपे पनि टिमलाई हारबाट बचाउन सकेनन् ।
यो जितसँगै १७ खेलबाट उसको ३१ अंक बटुल्दै बार्सिलोना तेश्रो स्थानमा उक्लिएको छ ।
१५ खेलबाट ३८ अंकसहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा रहँदा दोश्रो स्थानको रियल मड्रिडको १७ खेलबाट ३६ अंक रहेको छ ।
Categorized in स्पाेर्ट्स