arin enterprises

सेभियासँग बराबरी हुँदा बार्सिलोनालाई घाटा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ६, शनिबार

स्पेनिश ला लिगामा सेभियासँग गोलरहित बराबरीमा रोकिँदा शिर्ष स्थानको बार्सिलोनालाई अप्ठ्यारो परेको छ । 

शुक्रबार रातिको खेलमा निकै प्रयास गर्दा पनि बार्सिलोनाले कुनै गोल गर्न नसक्दा सेभियासँग बराबरीमा रोकिनुपरेको हो ।

पहिलो हाफमै बार्सिलोनाले पाएको फ्रिकिकमा कप्तान लिओनल मेसीले हानेको बल पोलमा ठोकिन पुगेको थियो । 

त्यस्तै पहिलो हाफमै सेभियाका लुकास ओकाम्पोसको प्रहार पनि पोलमा ठोकिएको थियो ।

यो बराबरी पछि बार्सिलोनाको उपाधी जित्ने सपनामा भने तगारो देखिएको छ । 

सेभियासँग अंक बाँड्नुपर्दा अब दोस्रो स्थानको रियल म्याड्रिड बार्सिलोनासँग ३ अंक मात्र टाढा छ ।

रियल म्याड्रिडले आइतबार रियल सोसिडाडसँग खेल्दैछ । यदि रियल म्याड्रिडले यो खेल जितेमा बार्सिलोनासँग अंक बराबरी गर्नेछ । 

अंक तालिकाको शीर्ष टिम बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ भने २९ खेलबाट दोस्रो स्थानको रियल म्याड्रिडको ६२ अंक छ । 

सेभिया ३० खेलवाट ५२ अंक बटुलेर तेस्रो स्थानमा छ ।

शुक्रबार राति भएको अर्को खेलमा माल्र्लोका र लेगानेसले १(१ गोलको बराबरी खेलेको छ । त्यस्तै विलेरियलले ग्रानडालाई १(० ले हराएको छ ।

Categorized in स्पाेर्ट्स