arin enterprises

ओसासुनासँग बार्सिलोना स्तब्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ श्रावण २, शुक्रबार

स्पेनिश ला लिगाको बिहीबार राति भएको खेलमा बार्सिलोनाले हार बेहोरेको छ । 

बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २–१ गोलले पराजित भएको हो  ।

जोस अरनाइजले १६ औं मिनेटमा पहिलो गोल गर्दै ओसासुनालाई अगाडी बढाएका थिए । 

६२औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । मेसीले डि एरिया बाहिरबाट प्रहार गरेको फ्रिकिक बलले पोस्टको दिशा लिएको थियो ।

७७ औं मिनेटमा ओसासुनाका इन्रीच ग्यालेगो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । क्लेमेन्ट लेन्गलेटलाई फल गरेपछि ग्यालेगोले रातो कार्ड पाएका थिए । 

ओसासुना १० खेलाडिमा सिमित भएपनि बार्सिलोनाले त्यसको फाइदा लिन सकेन ।

खेलका् अन्तिम समयतिर इन्जुरी समयको चौथो मिनेटमा ओसासुनाका रोबेर्टो तोर्रेसले गोल गरेपछि खेल ओसासुनाले आफ्नो पक्ष पार्यो ।

खेलमा बार्सिलोनाका थुप्रै प्रहारहरु खेर गएको थियो ।

२२औं मिनेटमा मेसीको फ्रिकिक प्रहार पोलमा थोकिएको थियो । त्यस्तै ४६ औं मिनेटमा मार्टिन ब्रेथवेटले गरेको गोल र ६७ औं मिनेटमा लुइस स्वारेजले गरेको गोल अफ साइड भएको थियो ।

बार्सिलोना ३७ खेलमा ७९ अंक सहित दोस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स