arin enterprises

बार्सिलोना पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १७, शुक्रबार

 स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमै बार्सिलोना ग्रानडासँग १–२ गोलले पराजित भएको हो ।

खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले २३ मिनेटमा गोल गरेका थिए । उनलाई गोल गर्न एन्टोनी ग्रिजम्यानले पास उपलब्ध गराएका थिए ।

ग्रानडाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । उसका लागि मचिसले ६३ मिनेटमा र मोलिनाले ७९ मिनेटमा गोल गरे ।

यो हारको कारण बार्सिलोनाले एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ३३ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा सीमित भएको छ ।

दोस्रो स्थानको रियलको पनि ७१ अंक नै छ भने चौथो स्थानको सेभियाले पनि शीर्ष तीन टिमलाई पछ्याइरहेको छ । सेभियाले ७० अंक बटुलेको छ ।

शीर्ष स्थानको एट्लेटिकोको ७३ अंक छ । 

 

Categorized in स्पाेर्ट्स