arin enterprises

शख्तरसँग बार्सिलोना पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २२, बुधबार

च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब बार्सिलोना पराजित भएको छ । मंगलबार समूह एचको खेलमा बार्सिलोनाले युक्रेनी क्लब शख्तरसँग १–० को हार ब्यहोरेको हो  ।

बार्सालाई हराउने क्रममा खेलको ४० औं मिनेटमा घरेलु टोली डेनिलो सिकानले विजयी गोल गरेका थिए । जियोर्गी गोचोलिसविलीको क्रसलाई सदुपयोग गर्दै सिकानले गोल गरेका हुन् ।

बार्सिलोनाले शख्तरलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउने अवसर गुमाएको छ ।

बार्सिलोना ९ अंक सहित समूह एचको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको पोर्टोको समेत समान अंक छ । शख्तर ६ अंक सहित तेस्रो स्थानमा छ ।

शख्तरले पछिल्लो पटक सन् २००८ मा बार्सिलोनालाई हराएको थियो ।

यस्तै शख्तर अन्तिम पटक सन् २०१७ १८ को सिजनमा नकआउट चरण पुगेको थियो । तर अन्तिम १६ को खेलमा रोमासँग पराजित बनेको थियो ।

Categorized in स्पाेर्ट्स