स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड पराजित, बार्सिलोनालेको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १३, सोमबार

स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएको छ।
आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक बिल्बाओले २–१ गोलले पराजित गरको हो ।
आइतबार राति नै भएको अर्को खेलमा तेस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई २–१ गोलले हराउँदै जित हाएको छ ।
बार्सिलोनालेको जितमा दुवै गोल ग्रिजम्यानले गरेका थिए । उनले पहिलो गोल २८ मिनेटमा र दोस्रो गोल ३५ मिनेटमा गरे ।
त्यस्तै यता चौथो स्थानको सेभियाले ग्रानडामाथि २–१ को जित हात पारेको छ ।
ला लिगाको अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३३ खेलबाटै ७१ अंक छ ।
३२ खेल खेलेको बार्सिलोना ७१ अंक जोड्दै तेस्रो स्थानमा छ । ३३ खेलबाट ७० अंकले सेभिया चौथो स्थानमा छ ।
एक खेल कम खेलेको बार्सिलोनाले आगामी खेलमा जित हात पारे शीर्ष स्थानको एट्लेटिकोसँग एक अंकको अग्रता लिनेछ ।
Categorized in स्पाेर्ट्स
