arin enterprises

बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ५, आइतबार

बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि जितेको छ ।

शनिबार राति भएको उपाधि भिडन्तमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० गोलले पराजित गदैँ उपाधि जितेको हो ।

स्पेनको स्टेडियो डे ला कार्टुजामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफमा बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्‍यो ।

६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलायो ।

डे जोङले ६३औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसपछि कप्तान लिओनल मेसीले ६८ र ७२ मिनेटमा गरी दुई गोल दुई गोल गरेपछि खेल ४–० ले आफ्नो पोल्टामा पार्दै उपाधि जितेको हो ।

यो बार्सिलोनाको सन् २०१९ पछिको पहिलो उपाधि हो ।

 

Categorized in स्पाेर्ट्स