arin enterprises

रियल मालोर्काविरुद्ध बार्सिलोनाको फराकिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३२, आइतबार

स्पेनिश ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शिर्ष स्थानको बार्सिलोनाले रियल मालोर्काविरुद्ध फराकिलो जित हात पारेको छ ।

कोरोना महामारीका कारण रोकिएको ला लिग सुचारु भएयता भएको खेलमा बार्सिलोनाले रियल मार्लोकालाई ४–० ले हराएको हो ।

खेल बन्द रंगशालामा विना दर्शक खेलाइएको थियो ।

खेल सुरु भएको ६४ औं सेकेन्डमै आरटुरो भिडालले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए । 

त्यसपछि मार्टिन ब्रेथवेटले खेलको ३७ औं मिनेटमा गोल गरेर पहिला हाफसम्ममा बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा फेरी दुई गोल थपे ।

खेलको ७९ औं मिनेटमा जोर्डी अल्बाले गोल थप्दै खेललाई ३–० मा पुर्याए । 

बार्सिलोनाका अर्जेन्टिी स्टार खेलाडी मेसीको जादु हेर्न कुरेका टेलिभिनज दर्शकलाई भने उनले पुरै खेल प्रतीक्षामै राखे ।

खेलको अन्तिम समयतिर आएर इन्ज्युरी समयमा लियोनल मेसीले चौथो गोल गरेपछि बासिलोनाले ४(० को नतिजा हात पार्यो ।

मेसीको यस सिजनमा २० गोल पुगेको छ ।

यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको दूरी बनाएको छ ।

बार्सिलोनाले २८ खेलबाट ६१ अंक जोडेको छ । २७ खेल खेलेको रियल म्याड्रिडको ५६ अंक छ । 

लिगको शनिबार भएका अन्य खेलमा भिल्लारियलले सेल्टा भिगोलाई १–० हरायो । 

त्यस्तै रियल भालाडोलिडले लेगानेसलाई २–१ ले पराजित गर्यो ।

Categorized in स्पाेर्ट्स