arin enterprises

लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २७, सोमबार

बार्सिलोना स्पेनिस ला लिगामा विजयी बनेको छ । आईतबार बार्सिलोनाले आल्भेसलाई २–१ गोलले हराएको हो ।

घरेलु मैदानमा बार्साको लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे ।

खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता लिएको थियो ।

दोस्रो हाफमा लेवान्डोस्कीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । खेल सकिन १२ मिनेट अघि प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले अर्को गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाएका हुन् ।

प्राप्त जितले बार्सिलोनालाई लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

३० अंक रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको दुरी २ अंकमा र शीर्ष स्थानको गिरोनासँगको दुरी ४ अंकमा झारेको छ ।

Categorized in स्पाेर्ट्स