arin enterprises

बायर्नसँग बार्साको लज्जास्पद हार

SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।

स्टार खेलाडी लियोनेल मेस्सीको टिम बार्सा बायर्नसँग ८–२ को फराकिलो अन्तरसँग हारेको हो । 

यो लज्जास्पद हारपछि बार्सा च्याम्पियन्स लिगको प्रतियोगीताबाट बाहिरिएको छ ।

शुक्रबार राति लिस्बोनमा भएको क्वाटरफाइनल खेलमा बार्यनले पहिलो गोल गर्दै अग्रता लिएको थियो । थोसम मुलरले चौथो मिनेटमै गोल गरेर बार्यनलाई १–० ले अगाडी बढाए ।  

सातौं मिनेटमा बायर्नकै अल्बाले आत्मघाती गोल गरेपछि खेलमा बराबरी भयो ।

तर २१ औं मिनेटमा इभान पेरिसिकले, २७ औं मिनेटमा सर्गेइ ग्नाब्रीले र ३१ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै बायर्नले चार गोल गर्यो ।

पहिलो हाफमा ४–१ ले पछि परेको बार्सालाई ५७ मिनेटमा लुइस सुआरेजले गोल गर्दै ४–२ मा ल्याए ।

तर सुआरेजको एक गोलले बार्सालाई लज्जास्पद हारबाट बचाउन भने सकेन । पहिलो हाफमा चार गोल गरेको बायर्नले दोश्रो हाफमा पनि अर्को चार गोल थप्यो । 

६३ औं मिनेटमा किमिचले, ८२ औं मिनेटमा लेवान्डोस्की र काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गर्दै टिमलाई ८–२ गोल अन्तरसहितको शानदार जित दिलायो ।

खेल विश्लेषकहरुले बार्सिलोनाको युरोपियन प्रतियोगितामा यो सबैभन्दा खराब प्रदर्शन भनी विश्लेषण गरीरहेका छन् ।

अब वायर्नले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Categorized in स्पाेर्ट्स