च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ५, बिहिबार

जर्मनी क्लब बायर्न म्युनिक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बायर्नले इटालियन क्लब लाजियोलाई अन्तिम १६ को खेलमा समग्रमा ६–२ ले पराजित गरि अन्तिम आठमा स्थान बनाएको हो ।
पहिलो लेगमा बार्यनले लाजियोलाई ४–१ ले पराजित गरेको थियो । बुधबार राति बायर्नको घरेलु मैदान अलायन्ज अरीनामा भएको दोस्रो लेगमा बायर्न २–१ गोलले विजयी भयो ।
बायर्नले खेलको ३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लियो ।
७३ औं मिनेटमा एरिक म्याकक्सिम चूपो–मोटींगले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । उनले अलाबाको पासमा गोल गरेका थिए ।
८२ औं मिनेटमा लाजियोका मार्को परलोले गोल फर्काए पछि खेल २–१ को नतिजा आएको थियो ।
Categorized in स्पाेर्ट्स
