बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २४, शुक्रबार

जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार बायर्नले टर्कीस क्लब गलातासारेलाई २–१ गोलले पराजित गर्यो ।
बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नको लागि दुवै गोल ह्यारी केनले गरे । खेलको ८० औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । त्यसको ६ मिनेटपछि केनले नै क्लब र व्यक्तिगत दोस्रो गोल गरे ।
पाहुना टोलीका लागि इन्जुरी समयमा बाकाम्बुले एक गोल फर्काएका थिए ।
यो जितसँगै दुई खेल अगावै बायर्न नकआउट चरणमा स्थान बनायो । समूह एमा बायर्नले १२ अंक जोड्डै शीर्ष स्थानमा छ भने गलातासारे ४ अंक सहित तेस्रो स्थानमा रह्यो ।
समूहकै अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले एफसी कोपनहेगेनसँग ४–३ ले पराजित भयो ।
मार्कोस रोसफोर्डले रातो कार्ड खाएको खेलमा दोस्रो हाफ म्यानचेस्टर युनाईटेडले १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।
योसँगै युनाईटेड समूह एको पुछारमा रहँदै नकआउट चरण पुग्ने सम्भावनालाई कमजोर बनायो ।
कोपनहेगेन ४ अंक सहित दोस्रो स्थानमा भने युनाईटेड ३ अंक सहित तालिकाको पुछारमा छ ।
Categorized in स्पाेर्ट्स
