arin enterprises

बायर्न म्यूनिख उपाधीबाट एक जित टाढा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३२, आइतबार

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेला जित्दै वायर्न म्युनिख उपाधिको निकै नजिक पुगेको छ ।

वायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि २(१ को जित निकालेको छ । यो जितसँगै वायर्न च्याम्पियन हुनबाट अब एक जित मात्रै टाढा छ ।

खेलमा जिर्जी ज्रिक्जीले २६औं मिनेटमा गोल गरेर वार्यनका लागि अग्रता दिलाए । 

तर ३७औं मिनेटमा खेललाई वायर्नकै खेलाडीले बराबरीमा पुर्याइदिए । वार्यनका वेन्जामिन पाभार्डले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरीमा आयो ।

दोस्रो हाफमा वायर्नका लागि लियोन गोरेज्काले ८६औं मिनेटमा गोल गर्दै वार्यनलाई जित दिलाए ।

शनिबार भएको अर्को खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमन्डले फोर्टुना डुसलडोर्फलाई १(० ले हराएको छ । डर्टमन्डको जितको लागि इर्लिङ हाल्यान्डले इन्जुरी टाइमको ९६औं मिनेटमा निर्णायक गोल गरे ।

वुल्फवर्ग र एफसी फ्रेवर्गले २(२ गोलको बराबरी खेल्दा आउनट्राख्ट फ्र्यांकफर्टले हेर्थालाई ४(१ ले हराएको छ । 

युनियन बर्लिनले एफ सी कोलोनमाथि २÷१ को जित निकालेको छ ।

शनिबारको खेलपछि लिगमा शीर्ष स्थानको वायर्नको ३१ खेलबाट ७३ अंक छ भने दोस्रो स्थानको डर्टमन्डको ६६ अंक छ । 

लिगमा अब तीन चरणका खेल बाँकी छन् ।

Categorized in स्पाेर्ट्स