arin enterprises

वायर्न म्यूनिख एकै सिजनमा दुई उपाधि जित्न सफल

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २१, आइतबार

डिएफबी पोकल जर्मन नकआउट फुटबलकपको उपाधि वायर्न म्यूनिखले जितेको छ ।

शनिबार भएको खेलमा वायर्न म्युनिखले लेभरकुजेनलाई ४–२ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । 

यो सहित वायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको छ । 

यसअघि वायर्नले यसै सिजनमा जर्मन बुन्डेसलिगाको उपाधि पनि जितिसकेको छ ।

यो जितसँगै वायर्न म्यूनिख एकै सिजनमा १३औं पटक लिग र कप दुवैको उपाधि जित्न सफल टिम बनेको छ ।

ओलम्पिया स्टेडियममा बिना दर्शक खेलाइएको खेलमा वायर्नका लागि डेभिड अलाबाले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । २४ औं मिनेटमा सर्ज जिनर्बीले गोल थप्दै अग्रता दोब्बर बनाए ।

रोबर्ट लेवान्डोस्किले  ५९ औं र ८९ औं मिनेटमा एक÷एक गोल गरे । 

योसँगै रोबर्ट लेवान्डोस्किले सिजनमा आफ्नो ५०औं गोल पूरा गरेका छन् ।

त्सस्तै लेभरकुजेनको लागि स्वेन बेन्डरले ६३ औं मिनेटमा र काई हावर्त्जले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

गत डिसेम्बरमा बराबरीमा रोकिएको वायर्नले योसँगै लगातार १७ खेलमा जित हात पारिसकेको छ भने २६ खेलमा अपराजित रहेको छ ।

Categorized in स्पाेर्ट्स