arin enterprises

युनियन बर्लिनलाई हराउँदै बायर्न म्युनिख शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ६, मंगलबार

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिखले घरेलु टोली युनियन बर्लिनमाथि २-० को सहज जित निकालेको छ ।

बायर्नले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाएको थियो । 

रोबर्ट लेवानडोस्कीले खेलको ४० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै बायर्नलाई १(० ले अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १ गोलले अगाडि रहेको बायर्नले दोस्रो हाफमा अर्को गोल थप्यो । बेन्जामिन पाभार्टले खेलको ८०औँ मिनेटमा अर्को गोल थप्दै बायर्नलाई २(० को अग्रता दिलाए ।

यो जितसँगै बायर्नले लिग तालिकामा आफ्नो शीर्ष स्थानलाई कायम नै राखेको छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा कोलोग्नी र मेइनजले २(२ को बराबरी खेख्दै अँक बाँडेका छन् ।

शनिवार भएको खेलमा दोस्रो स्थानमा रहेको डर्टमुन्डले शाल्केमाथि जित निकाल्दै अँक दुरी घटाएको थियो । तर आइतबारको खेलमा बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको हो ।

हाल लिगको अँक तालिकामा बायर्न म्युनिख ५८ अंकसहित शीर्ष स्थानमा छ । 

दोस्रो स्थानको डर्टमुन्डको ५४ अंक छ । ५२ अंकसहित ग्लाडब्याच तेस्रो स्थानमा छ । चौथो स्थानको लेइपजिगको ५१ अंक छ ।

Categorized in स्पाेर्ट्स