त्रिविका बीसीए विद्यार्थीहरुले विज्ञान तथा प्रविधि सरहको मान्यता पाउने
SamacharDesk | २०८० माघ २२, सोमबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)का विद्यार्थीहरूले सरकारी सेवाको क्षेत्रमा विज्ञान तथा प्रविधि सरहको मान्यता पाउने भएको छ ।
त्रिविको शिक्षाध्यक्ष कार्यालयले सम्बन्धित सम्पूर्ण सरकारी निकायलाई बीसीए उत्तीर्ण विद्यार्थीलाई समेट्ने गरी विज्ञापन गर्न परिपत्र गरेसँगै मान्यता पाउने भएको हो ।
बीसीएका विद्यार्थीहरुले कृषि विकास बैंक, नेपाल प्रहरी, नेपाली सेना, नेपाल टेलिकम लगायत निकायले निकालेका सूचना प्रविधि अधिकृतमा संकायकै कारण आवेदन दिन समेते पाएनन् ।
संकायकै कारण २०७९ मा बीसीए उत्तीर्ण विद्यार्थीहरुले गत पुसमा राष्ट्र बैंकले खुलाएको सहायक निर्देशक (सूचना प्रविधि)को आवेदन दिनबाट वञ्चित भएका थिए । तर अब भने बीसीए उत्तीर्ण विद्यार्थीहरू समेत ती सरकारी निकायले निकाल्ने विज्ञापनमा समेट्ने त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायले यो कुरा पुष्टि गरे ।
आगामी दिनमा विज्ञापन खुल्दा सूचना प्रविधि पदमा बीसीए विद्यार्थीहरुलाई आवेदन दिन समस्या हुने छैन । यद्यपि आवेदन बन्द भइसकेको विज्ञापनहरुबारे भने केही भन्न नसक्ने त्रिविले बताए ।
त्रिविका अनुसार गत विज्ञापनमा आवेदन दिन इच्छुक तर संकायका कारण प्रभावित भएका विद्यार्थीहरुको हकमा सम्बन्धित निकायले मात्र निर्णय गर्न सक्ने छ ।
त्यस्तै त्रिविले बीसीए बाहेक ब्याचलर अफ एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बीएड आईसीटी), ब्याचलर अफ इन्फर्मेसन, कम्युनिकेसन, टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्सलाई समेत विज्ञापन गर्दा समेट्न त्रिविले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय