भक्तपुर महोत्सव जारी
SamacharDesk | २०८१ मङ्सिर २९, शनिबार

भक्तपुरमा आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्व शुक्रबारदेखि सुरु भएको छ ।
भक्रपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन साथै नगरको जीवनशैली स्वदेशी लगायत विदेशी पर्यटकहरुलाई अवगत गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ ।
साथै भक्तपुर सहरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न महोत्सवले टेवा पु¥याउने नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभएको छ ।
महोत्सवमा ऐतिहासिक कला, संस्कृति, परम्परा, स्थानीय नाच, हस्तकला, घरेलु उद्योग, सीप, कला खाद्य सामग्री, बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाचको प्रस्तुती, पौभा, किपाः, चित्रकला, छ्वालिकलाको प्रस्ती आदि महोत्सवको आकर्षण रहनेछ ।
त्यस्तै परम्परागत पोसाक, बाजागाजा, कुमारी, दिपङ्कर बुद्ध, मूति कला प्रतियोगिता, बौद्ध प्रकाशन, कृषि उत्पादन लगायत रहनसहनको प्रर्दशन हुने जनाइएको छ ।
महोत्सवमा हुने प्रतियोगिता तथा कार्यक्रमको लागि यसअघि पत्रकार सम्मेलन गरी सर्वसाधारणलाई जानकारी गराइएको थियो ।
जसअनुसार सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् । त्यसका लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएको छ । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् ।
त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बासुरी बाजा समूहबीच प्रतियोगिता हुनेछ ।
ती बाजा टोलीहरूमध्ये मंसिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मंसिर ३० गते बाकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएको छं । प्रतियोगिताको पुरस्कार वितरण मंसिर ३० गते क्वाठण्डौंमा गरिने जनाइएको छ ।
नगरपालिकाले यस्तै महोत्सव २६ वर्ष अगाडि गरिएको थियो ।
Categorized in बिजनेस