arin enterprises

रमिता भण्डारीले जितिन् क्यापिटल क्विन नेपालको उपाधी

SamacharDesk – बिजयरत्न | २०८१ जेठ २९, मंगलबार

सातौं क्यापिटल क्विन नेपालको उपाधी भक्तपुर बोडेकी रमिता भण्डारीले जितेकी छिन् ।

भण्डारीले क्यापिटल क्वीन नेपालको ताजसँगै नेपाल फेसन इन्टरटेनमेन्ट अर्वाड २०२५ जापानमा सहभागीता जनाउनका लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् । प्रतियोगीतामा भण्डारीले मोस्ट इन्टिलिजेन्ट सबटाइटल अवार्ड पनि जितेकी छन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउसबाट सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा मनिषा मगर फस्ट रनरअप र विपुला के.सी. सेकेन्ड रनरअप हुन सफल भइन् ।

फस्ट रनरअप मगरले वेस्ट फोटोजेनिक र मोस्ट पपुलर सबटाइटल अवार्ड पनि हात पार्न सफल भइन् । त्यस्तै सेकेन्ड रनरअप केसीले मोस्ट स्मार्ट सबटाइटल पनि जितेकी थिइन् ।

अन्तिम प्रतिस्पर्धाका लागि झण्डै दर्जन प्रतियोगीहरूले तिन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडीयोसुट लगायतका विविध विषयहरूमा तालिम लिएका थिए ।

अन्य सबटाइटलहरुमा जुना भण्डारी वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो, सृष्टि कला सिग्देल मोस्ट ऑप्टिमिस्टीक, रोजी बलोन मोस्ट डिलाइटफुल, रेनु गहतराज मोस्ट चार्मिङ, कोपीला परियार मोस्ट डिलिजेन्ट, सविना ब्लोन मोस्ट डेडिकेटेड, र उर्वशी श्रेष्ठ मोस्ट एयाक्टिम भएका थिए ।

चर्चित फेशन कोरियोग्राफर हिमानी सुव्वाको कोरियोग्राफीमा कार्यक्रम सम्पन्न भएको थियो ।

नायक एवं मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौलागाइ, मिसेस डिभा नेपाल २०२२ हेमा योञ्जन, मिसेस’ नोवेल नेपाल २०२२ शर्मिला थापा र मिसेस डिमा २०२४ सन्तु लामा सम्मिलित निर्णायक मण्डलले विजेता चयन गरेको थियो ।

Categorized in पेजथ्री