भुसाल उपसभामुखमा निर्वाचित
SamacharDesk | २०७९ आषाढ ३१, शुक्रबार

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ।
शुक्रबार सत्ता गठबन्धनको साथ पाएका उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो।
उहाँले निकटम प्रतिद्वन्द्वी एमालेका विद्या भट्टराईलाई ५५ मतले पछि पार्दै उपसभामुख पदमा निर्वाचित भएको हो ।
उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मत प्राप्त गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको छ। तटस्थ १ मत परेको छ ।
कुल २४२ सदस्यको उपस्थिति थियो । उपसभामुखमा विजयी भएपछि संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीहरुको जित भएको बताएकी छन् ।
नेपाली कांग्रेसकी ६२ वर्षीया नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो।
यसअघि उहाँ तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका डा। शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो।
तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्नुहुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो। २०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो।
तुम्बाहाङ्फेले राजीनामा दिनुभएको करिब साढे दुई वर्षपछि उपसभामुखको पदपूर्ति भएको हो। भुसालको प्रस्तावकमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी हुनुहुन्थ्यो।
विद्या भट्टराईको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनु भएको थियो ।
Categorized in राजनीति