गाजाका लागि दश करोड बराबरको सहायता गर्ने बाइडेनको घोषणा
SamacharDesk – Aakash Rajopadhyaya | २०८० कार्तिक २, बिहिबार

संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायताको घोषणा गरेका छन् ।
बाइडेनले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडितहरुको लागि खाना, पानी र औषधीका लागि सहायता घोषणा गरेका हुन् ।
इजरायलले भने हमासको कब्जामा रहेका आफ्ना नागरिक मुक्त नभएसम्म आफ्नो सीमातर्फबाट कुनै पनि सहयोग सामग्री समेत प्रवेश गर्न नदिने अडान लिएपछि बाइडेनले इजिप्टलाई आग्रह गरेका छन् ।
यता इजिप्ट पनि उनको आग्रहमा गाजा क्षेत्रमा सहायता पुर्याउनका लागि आफ्नो सीमा खुला गर्न सहमत भएको छ ।
यदि हमास वा कुनै आतंककारी समूहले सहायत सामग्री हात पार्ने कोशिस गरेमा त्यो तत्काल रोकिने चेतावनी दिनुका साथै सहायता हमासको हातमा नपर्ने ग्यारेन्टी दिँदै गाजामा पुर्याइने पनि बाइडेनले बताए ।
इजरायल भ्रमणको क्रममा राष्ट्रपति बाइडेनले गाजाको अस्पतालमा भएको आक्रमणमा इजरायलको हात नरहेको भन्दै इजरायललाई सफाइ समेत दिए ।
उनले पश्चिम एशियामा इजरायल एक्लो नभएको र उसको साथमा अमेरिका छ भन्ने बुझ्न पनि इजरायलका विरोधीहरुलाई सन्देश दिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय