बाइडेन राष्ट्रपति पदको चुनावमा नलड्ने
SamacharDesk | २०८१ श्रावण ७, सोमबार

अमेरिकाको राष्ट्रपति चुनावी दौडमा रहेका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति पदको लागि उम्मेदवार नबन्ने घोषणा गरेको छ ।
उहाँले डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने प्रस्ताव सहित बाइडेनले उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पलाई हराउन ह्यारिस सक्षम रहेको भन्दै उहाँलाई अघि सार्नुभएको छ ।
चुनावी अभियानका क्रममा कोरोना संक्रमणका कारण अस्वस्थ हुनुभएका बाइडेनको चौतर्फी आलोचना भएपछि चुनावी दौडबाट उहाँ पछि हट्न बाध्य हुनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल एक्समा एक स्टाटस् पोष्ट गर्दै अमेरिकी राष्ट्रपति पदको मनोनयन स्वीकार नगर्ने र राष्ट्रपतिको रुपमा बाँकी कार्यकाल आफनो पार्टीले नै सम्हाल्ने उल्लेख गर्नुभएको छ ।
सो घोषणाबाट बाइडेन राष्ट्रपति बन्न लायक नभएको भन्दै आलोचना गर्दै आउनु भएका अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने बाइडेनको घोषणाले केही राहत मिलेको छ ।
पुर्व राष्ट्रपति ट्रम्पले बाइडेन कहिले पनि राष्ट्रपति पदका लागि लायक ब्यक्ति नभएको प्रतिक्रिया दिंदै झुठको खेती गर्ने ब्यक्तिले देश सम्हाल्न नसक्ने बताउँदै आएको छ ।
यसैबीच अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बाइडेनको सो निर्णयलाई खुलेरै प्रशंसा गर्नुभएको छ ।
बाइडेनले राष्ट्रपति पदमा उम्मेदवार नबन्ने घोषणा गरेपछी ओबामाले बाइडेनले सही निर्णय लिएको भन्दै बाइडेन देशभक्त रहेको भन्दै प्रशंसा गर्नुभएको हो ।
बाइडेनले आफ्नो कार्यकालमा देखा परेको कोराना महामारी नियन्त्रण, लार्खौं नागरिकलाई रोजगारी दिलाउनु, हतियार सुरक्षा सम्बन्धि कानुन निर्माण जस्ताकुरामा महत्वपुर्ण योगदान दिएको स्मरण गर्दै अमेरिकी जनताले संधै बाइडेनको योगदानको कदर गर्ने जनाउनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय