arin enterprises

नेकपा एमालेको हिरक जयन्तीको अवसरमा पूर्व राष्ट्रपति भण्डारी सम्मानित

SamacharDesk | २०८१ बैशाख १०, सोमबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले आफ्नो हिरक जयन्तीका अवसरमा आज ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उहाँलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरुको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो ।

भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भुमिका पनि निर्वाह गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले आफूलाई सो सम्मान प्रदान गरेको भन्दै एमालेप्रति आभार व्यक्त गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रुपमा प्रधानमन्त्री दाहाल र  प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको छ ।

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु सहभागी हुनुभएको छ ।

त्यसैगरी उद्योगी, व्यवसायी, कुटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082