राष्ट्रपतिबाट नागरिकता विधयेक फिर्ता
SamacharDesk | २०७९ श्रावण ३०, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता गर्नु भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।
राष्ट्रपति कार्यालयले हिजो साँझ एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । विज्ञप्तिमा संघीय संसदले विधेयकमाथि पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको हो ।
Categorized in राष्ट्रिय