अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु
SamacharDesk – बिजयरत्न | २०७८ जेठ १९, बुधबार

बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ ।
बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् ।
दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो बेली डान्सको कला प्रस्तुत गरीसकेकी छन् ।
युवापुस्ताको चाहना अनुसार अनलाइनमार्फत पहिलो पटक बेली डान्स प्रशिक्षण दिन लागेको शाक्यले बताइन् ।
बिनुका अनुसार पछिल्लो समय युवा पुस्तमा बेली डान्सको क्रेज बढ्दो छ ।
शाक्यले आउँदो जेठ २३ गते आइतबारदेखि जेठ २९ गते शनिवारसम्म कार्यशाला सञ्चालन हुने जानकारी गराउनुभयो । कार्यशाला हरेक दिन साँझ ४ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ ।
Categorized in पेजथ्री