काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ तथा ललितपुर ३ मा तोसिमा कार्की विजयी
SamacharDesk | २०७९ मङ्सिर ७, बुधबार
प्रतिनिधिसभातर्फ अहिलेसम्म २३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले तीन सिटमा जित निकालेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी एक एक स्थानमा विजयी भएका छन् ।
मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौंको क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी हुनुभयो ।
श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै ललितपुर ३ ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की १४२०८ मतसहित विजयी हुनु भएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका अमृत खड्काले ८२२३ मत प्राप्त गर्दा माओवादी उम्मेदवार उर्जामन्त्री पम्फा भुसालले ५४५६ मत मात्रै प्राप्त गर्नुभयो ।
Categorized in राष्ट्रिय