arin enterprises

जेठ १८ लाई 'कालो दिन'को रुपमा मनायो

SamacharDesk – Ram Dangol | २०८० जेठ १९, शुक्रबार

नेवार समुदायसम्मिलित आदिवासी जनजातिहरुले विहीबार अर्थात जेठ १८ गतेको दिनलाई 'कालो दिन'को रुपमा मनाएका छन् ।

वि.सं. २०५६ साल जेठ १८ गते सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिका, धनुषा र राजविराजका स्थानीय निकायमा कामकाजी भाषाका रुपमा मातृभाषालाई प्रयोग नगर्न आदेश दिएको थियो ।

सोही दिनलाई विरोध स्वरुप जेठ १८ गतेलाई कालो दिनको रुपमा आदिवासी जनजातिहरुले मनाईंदै आइरहेको छ ।  जेठ १८ अघि दिइराखेको काठमाडौं महानगरपालिकामा आफ्नो मातृभाषाको प्रयोग गर्नदिने मान्यतलाई खारेज गरेको थियो ।

उक्त दिन भएको अदालतको फैसलालालाई नेवार लगायत जनजातिहरुले विरोध स्वरुप कालो दिनको रुपमा सम्झिंदै आएको छ ।

यसै अवसरमा हिजो नेवाः देय् दबूको आह्वानमा हिजो वसन्तपुरको दशअवतार देवलमा विभिन्न खलः, संगठनहरुले विरोध नारा लेखिएको ब्यानर प्रदर्शन गरेको छ । कार्यक्रममा नेपालभाषा आन्दोलनका अगुवा तथा कार्यर्कताहरुले भाग लिएका थिए ।

ब्यानर प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले देशमा संघीइ व्यवस्था आए पनि नेवारहरुले चाहेको अधिकार अझ पनि प्राप्त गर्न नसकेको बताउनु भयो । जसले गर्दा उहाँले यो कालो दिनको सार्थकता अझै रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न खलः, संघसंगठनहरुले आ–आफ्नो ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरेका थिए भने कवि कवियित्रीहरुले भाषिक जागरणका विषयमा आ–आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए । 

Categorized in समाज