arin enterprises

रियलको उपाधि होडमा धक्का

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २६, आइतबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडको उपाधि होडमा धक्का लागेको छ ।

घरेलु मैदानमै भएको खेलमा भिल्लारियलसँग ३–२ ले पराजित भएपछि रियलको उपाधि होडमा धक्का लागेको हो ।

गएराति भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियलले भिल्लारियलसँग हार बेहोरे हो ।

रियलले खेलको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ३९औं मिनेटमा सामुइल चुकविजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको सरु भएको तेस्रो मिनेटमै भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए ।

जोश लुइस मोरालेसले ७०औं मिनेटमा गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए । सामुइल चुकविजीले खेलको ८० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ ले अघि बढाए ।

यहि अग्रतालाई अन्तिमसम्म जोगाउँदै भिल्लारियलले रियलको घरेलु मैदानमा जित निकाल्यो ।

यो हारसँगै रियलको लालिगामा उपाधि जित्ने सम्भावना टाढिएको छ । लिगको दोस्रो स्थानमा रहेको रियलको शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले पछि परेको छ ।

रियलको २८ खेलबाट ५९ अंक रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ७१ अंकसहित शीर्ष स्थानमा छ ।

भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

Categorized in स्पाेर्ट्स