arin enterprises

निर्वाचनमा सीमानाका ७२ घण्टासम्म बन्द हुने

SamacharDesk | २०७९ बैशाख २६, सोमबार

स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले भोली रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।

भोली मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ ।

मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र निर्वाचन प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई भोलि मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनि सकिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले यस अवधिभर अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिएको जानकारी दिनुभयो । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।

Categorized in राष्ट्रिय