बलिउडका महानायक अमिताभलाई कोरोना संक्रमण
SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

बलिउडका महानायक अमिताभ बच्चन पनि कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएका छन् ।
कोरोना परिक्षणमा संक्रमण पोजेटिभ देखिएपछि उनलाई आजै राती मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ ।
ट्वीटरमा ट्वीट गर्दै अमिताभ बच्चन आफैले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
ट्वीट गर्दै अमिताभले लेखेका छन्, ‘ममा कोरोना संक्रमण पोजेटिभ देखिएको छ, अस्पताल भर्ना भएको छु । अस्पतालले प्रशासनलाई यसबारे जानकारी दिइरहेका छन्, मेरो परिवार र स्टाफहरुको पनि परिक्षण गरिएको, रिपोर्ट आएको छैन ।’
तल फेरी उनले जोडेका छन्, ‘यो दश दिनको बीचमा मेरो सम्पर्कमा आएकाहरुले कृपया आफ्नो जाँच गराउनुहोला ।’
महानायकको यो ट्वीटसँगै उनको स्वास्थ्य लाभको कामनासहितको रिप्लाई, ट्वीट र स्टाटसहरु ठुलो संख्यामा देखिन थालेका छन् ।
T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
— Amitabh Bachchan (@SrBachchan) July 11, 2020
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !
Categorized in पेजथ्री
