arin enterprises

बास्कोटाको घरमा शंकास्पद वस्तु

SamacharDesk | २०७९ मङ्सिर १८, आइतबार

पूर्व संचारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय बनाएको छ ।

आज विहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

तारले बेरिएको प्रेसर कुकर फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको हो । सेनाले निस्क्रिय बनाएको शंकास्पद वस्तु बम भने नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बास्कोटाको घरमा उहाँ संचारमन्त्री रहेकै बेला २०७६ फागुनमा बम विष्फोट भएको थियो ।

हालै सम्पन्न निर्वाचनमा काभ्रे २ बाट प्रतिनिधिसभामा निर्वाचित बास्कोटा भने काभ्रेकै रहनु भएको छ ।

Categorized in समाज