arin enterprises

ब्रह्मानन्द अभिनित नेपाली चलचित्र ह्रस्व दीर्घको रिलिज असोजमा

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १८, बिहिबार

दक्षिण भारतीय चलचित्रका चर्चित हास्य कलाकार ब्रह्मानन्द अभिनित चलचित्र ह्रस्व दीर्घको रिलिज मिति घोषणा भएको छ । आज फ्ब्रुअरी १ तारीख ब्रह्मानन्दकै जन्मदिन पारेर चलचित्र निर्माण पक्षले चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

ब्रह्मानन्दलाई जन्मदिनको शुभकामना दिँदै चलचित्रको पोस्टर सार्वजनिक आगामी २७ सेप्टेम्बर अर्थात असोज ११ गते चलचित्र रिलिज हुने घोषणा गरिएको हो ।

चन्द्र पन्तबाट निर्देशित फिल्ममा ब्रह्मानन्द साथै अन्य भारतीय कलाकारहरुको पनि अभिनय रहेको छ ।

पुष्पा चलचित्रबाट नाम कमाएका सुनिल वर्मा, गजिनीका गजिनी प्रदीपराज रावत र दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार अलीलाई पनि ह्रस्व दीर्घमा हेर्न पाइने छ ।

नेपाली कलाकारहरुमा निर्माताद्वय नीता ढुंगाना, हरिहर अधिकारीको साथै विपना थापा, सरोज खनाल, सलोन बस्नेत, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

चर्चित हास्य कलाकार ब्रह्मानन्दले सबभन्दा बढि फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका छन् ।

फिल्मलाई भारतीय छायांकार कबीरलालले खिचिरहेका छन् । नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा धनन्जय घलानी कास्टिङ निर्देशक हुन् ।

Categorized in पेजथ्री