arin enterprises

ब्राजिलमा भारी वर्षाका कारण ५७ जनाको मृत्यु

SamacharDesk | २०८१ बैशाख २३, आइतबार

ब्राजिलमा केही दिनदेखि परेको भारी वर्षाका कारण बाढीमा परी मृत्यु हुनेहरुको संख्या ५७ पुगेको छ ।

अविरण वर्षाका कारण बाँध फुटेर अधिकांश शहर जलमग्न भएका छन् । बाढीका कारण ३२ हजार घरपरिवार बिस्थापित भएका छन् ।

बाँध भत्केर आएको बाढी बस्तीसम्म प्रवेश गर्दा त्यहाँको जनजीवन प्रभावित बनेको हो । बाढीमा हराएका ६७ जना हराइरहेको जनाइएको छ । 

बाढीका कारण बिगत पाँचदिनदेखि हजारौं मानिस बिजुली र यातायातको सुबिधाबाट बन्चित भएका छन् ।

बाढीले दर्जन बढी भत्कनुका साथै सडकमा पानी जमेकाले यातायात सेवा ठप्प भएपछी कलेज र बिद्यालयहरु केही समयका लागि बन्द गरिएको छ ।

यसैबीच बाढीबाट बिस्थापितहरुका लागि उचित राहतको ब्यबस्था गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय