arin enterprises

एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलको सहज जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार

महिला विश्वकपमा ब्राजिलले सहज जित निकालेको छ । सोमबार भएको समुह एफको खेलमा ब्राजिलले पानामालाई ४–० गोलले हराएको हो ।

अष्ट्रेलियाको हिण्डमार्श स्टेडियमा भएको खेलमा ब्राजिललाई जिताउन एरी बोर्जेसले ह्याट्रिक गरे ।

खेलको १९ औं मिनेटमा एरीले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ३९ औं मिनेटमा एरीले व्यक्तिगत र ब्राजिलको लागि दोस्रो गोल गर्दा पहिलो हाफमा ब्राजिल २–० ले अघि रह्यो ।

दोस्रो हाफको सुरुवातमै बिट्रीज जानेराट्टो जोओले ४८औं मिनेटमा गोल गर्दा ब्राजिलको अग्रता ३–० भयो ।

७० औं मिनेटमा पुनः एरीले गोल गर्दै आफ्नो ह्याट्रिकम पुरा गरी ब्राजिललाई ४–०को जित दिलाए ।

यो जित सँगै ब्राजिलले ३ अंक जोड्डै समुह एफको शीर्ष स्थानमा रहेको छ ।

एक अंक सहित फ्रान्स दास्रो र समान अंक सहित जमैका तेस्रो स्थानमा रहेको छ ।

यस्तै पानामा अंक बिहिन समुहको पुच्छरमा रहेको छ ।

Categorized in स्पाेर्ट्स