बमजनलाई १० वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना
SamacharDesk | २०८१ आषाढ १८, सोमबार

सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको इजलासले उक्त सजाय तोकेको हो । बाल यौन दुव्र्यवहार तथा हत्याको प्रहरीमा उजुरी परेपछि प्रहरीले गत पुसमा उनलाई पक्राउ गरेको थियो ।
बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क१)की छोरी वर्ष १८ की परिवर्तित (क)ले जाहेरी दिएकी थिइन्।
उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बम्जन विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
उनी विरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो। उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए।
त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बम्जनलाई दोषी ठहर गरेको थियो भने सोमबार सजाय निर्धारण भएको हो।
Categorized in अपराध