arin enterprises

सान्चोको ह्याट्रिकसँग डर्टमन्डको शानदार जीत

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १९, सोमबार

जर्मन बुन्डेसलिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमन्डले पार्डाबोर्नमाथि फराकिलो जित हासिल गरेको छ ।

आइतबार राति भएको खेलमा डर्टमन्डले पार्डाबोर्नलाई ६(१ गोलले हराएको हो ।

सो खेलको पहिलो हाफ भने गोलरहितको बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा भने डर्टमन्डले गोलको वर्षा नै गरेर खेल आफ्नो पोल्टामा पारे । 

थोर्गान हजार्डले ५४औँ मिनेटमा डोर्टमन्डलाई पहिलो अग्रता दिलाए । लगतै ५७ औं मिनेमा जेदोन सान्चोले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

७२ औँ मिनेटमा उवे हुनेमिरले पेनाल्टीमार्फत पार्डाबोर्नलाई सान्त्वना स्वरुप एक गोल दिलाए ।

लगत्तै ७४ औं मिनेटमा जेदोन सान्चोको दोश्रो गोलसँगै डर्टमन्डको ३(१ को फराकिलो अग्रता बन्यो । 

८५ औं मिनेटमा अच्रफ हाकिमीले खेललाई ४–१ मा ल्याए भने ८९औं मिनेटमा मार्सेल स्मेलजरले फेरी एक गोल थपे ।

खेलको इन्जुरी समयमा जेदोन सान्चोले पुनः गोल गरेर ह्याट्रिक गर्दै डर्टमन्डलाई ६(१ को शानदार जीत दिलाए । 

जेदोन सान्चोको करियरको यो पहिलो ह्याट्रिक हो ।

२० वर्षीय जेदोन सान्चो ३१ वर्ष यता घरेलु लिग बाहिर ह्याट्रिक गर्ने पहिलो बेलायती खेलाडी हुन् ।

आइतबार भएका अर्को खेलमा बोरुसिया मोन्चेन्ग्लाबाचले एफसी युनियन बर्लिनलाई ४–१ गोलले हराएको छ ।

अँक तालिकाको दोश्रो स्थानमा रहेको डर्टमन्डको २९ खेलबाट ६० अंक रहेको छ । यो जीतसँगै डर्टमन्डले बायर्नसँगको दुरी ७ अंकमा झारेको छ । 

वायर्न २९ खेलबाट ६७ अंक जोड्दै शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स