कोल्नलाई हराउँदै लाइपजिग तेस्रो स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २०, मंगलबार

जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले एफसी कोल्नमाथि रोमाञ्चक जित निकालेको छ ।
सोमबार राति भएको खेलमा कोल्नलाई लाइपजिगले ४(२ गोलले हराएको छ ।
खेलको पहिलो हाफको ७औं मिनेटमा झोन कर्डोबाले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए ।
तर त्यसको १३ मिनेटपछि लाइपजिगका प्याट्रिकले खेल बराबरी ल्याए । आरबी लाइपजिगको प्याट्रिक स्चेकले २०औं मिनेटमा गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए ।
क्रिस्टोफर एनकुन्कुले ३८ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई फेरी २(१ ले अगाडी बढाए ।
दोस्रो हाफको ५०औं मिनेट लाइपजिगकै टिमो वेर्नरले गोल गर्दै गोल अन्तर बढाए ।
एफसी कोल्नका एन्थोनी मोदेस्तेले ५५ औं मिनेटमा कोल्नका लागि गोल गर्दै गोलको दुरी घटाउने प्रयास गर्यो । यहाँसम्म आइपुग्दा खेलको स्कोर ३(२ भएको थियो ।
दानी ओल्मोले ५७ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई ४(२ गोलले जीत दिलाए ।
यस जितसँगै आरबी लाइपजिग अँक तालिकामा तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
साथै लाइपजिङले दोस्रो स्थानको बोरुसिया डोर्टमुन्डसँगको दुरी २ अँकमा झारेको छ ।
दोस्रो स्थानको डोर्टमुन्डको २९ खेलबाट ६० अंक छ भने लाइपजिगको ५८ अंकले तेस्रो स्थानमा छ ।
शीर्ष स्थानको वायर्न म्युनिखको ६७ अंक छ ।
Categorized in स्पाेर्ट्स