नयाँबानेश्वरमा गुडिरहेको बस भासियो
SamacharDesk | २०८० माघ १२, शुक्रबार

काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस भासिएको छ ।
तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकको भाँसिदा बसको पछाडिको चक्का फसेको छ ।
सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।
गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू अतालिएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भटट्ले सडक भासिएपछी केही समय आवगमन बन्द गरी यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो ।
करिब ५० करोडको लागतमा ६ वर्षअघि निर्माण भएको माइतीघर–तीनकुने सडक निर्माण भएको थियो ।
त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो ।
निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।
अहिले पनि हरेक वर्ष वर्षायाममा नयाँबानेश्वर चोकमै पानी जम्ने गरेको छ ।
Categorized in राष्ट्रिय